एजेन्सी ।पाकिस्तानी तीर्थयात्री बोकेको बस इरानमा पल्टिँदा २८ यात्रुको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना मध्य इरानी प्रान्त याजदमा मंगलबार राति भएको थियो र खराब ब्रेकिङ प्रणालीका कारण दुर्घटना भएको प्रहरीको आुमान रहेको छ । बसमा सवार ५३ जना यात्रु मध्ये २८ जनाको ज्यान गएको छ भने अन्य २३ यात्रु घाइते भएका छन् । जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रान्तका संकट व्यवस्थापन निर्देशकले जानकारी दिनुभयो ।
तीर्थयात्रीहरू शिया क्यालेन्डरको सबैभन्दा ठूलो घटनाको सम्झना गर्न इराकको पवित्र सहर कर्बला जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । उक्त बसमा करिब ५३ जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ११ जना महिला र १७ जना पुरुष रहेको संकट व्यवस्थापन निर्देशकले बताउनु भयो । बीबीसीले इरानमा दुर्घटनाका कारण वार्षिक बीस हजारको ज्यान जाने गरेको समेत बताएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






