काठमाडौैँ । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल–बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा खाल्डो परेको छ । उक्त स्थानमा खाल्डो परेपछि सवारी आवागमन अवरुद्ध भएको छ । सडकको झण्डै ३ मिटर क्षेत्रमा खाल्डो परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
सडक भासिनुको कारण अझै खुलेको छैन् । यस्तै यहीँ २४ साउनमा काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेनको सडक भासिएपछि सवारी आवागमन अवरुद्ध छ । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






