सवारी दुर्घटनामा दैनिक ७ जनाले ज्यान गुमाउने तथ्याङ्क सार्वजनिक


  प्रकाशित मिति : २०८१ साउन २४ गते, १०:१९

काठमाडौँ । विश्वमा प्राकृतिक प्रकोपको दृष्टिबाट अत्यन्त जोखिमपूर्ण स्थानमा रहेको नेपाल भूकम्पीय दृष्टिबाट एघारौं, जलवायु परिवर्तनका दृष्टिले चौथो, मनसुनजन्य प्रकोपका दृष्टिले तीसौं र बहुप्रकोपका दृष्टिले सोह्रौं स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठन को सन् २०२० मा प्रकाशित तथ्यांक अनुसार सडक सुरक्षाका दृष्टिकोणले नेपाल ७२ औँ स्थानमा रहेको छ । नेपाल प्रहरीको आ.व.२०८०।८१ को तथ्याङ्क अनुसार १ दिनमा सरदर ९७ वटा सवारी दुर्घटना हुने यसबाट ८८ जना घाइते र ७ जनाको मृत्यु हुने गरेको देखिन्छ । नेपालमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको र यसबाट कुल ग्राहास्थ उत्पादनमा नोक्सान पुग्नुका साथै सवारीदुर्घटनाबाट बर्षेनी ज्यान गुमाउने तथा अंगभंग हुनेको संख्या बढ्दै गएको छ ।

२०७५ बाट २०८१ सम्मको तथ्यांक लाई हेर्दा यो ६ बर्षको समयमा सवारी दुर्घटनाबाट १५ हजार १ सय ६८ जनाको ज्यान गएको छ । ६ बर्षको अन्तरालमा आ.व २०७८।७९ मा सबैभन्दा धेरै २ हजार ८ सय ८३ जनाको सवारी दुर्घटनामा ज्यान गएको थियो भने २४ हजार ५ सय ३७ सवारी दुर्घटनामा परेका थिए । यो आ.व २०८०।८१ मा २ हजार ३ सय ६९ जनाको ज्यान गएको छ भने २२ हजार ९ सय २७ सवारीसाधन दुर्घटनामा परेका छन् र जसबाट ६ हजार १ सय ६० गम्भिर घाइते भएका थिए र २५ हजार ९ सय ९६ साधारण घाइते भएका नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।