काठमाडौँ – कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ । पुर्वपश्चिर राजमार्ग अन्तरगत गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो ।
बसमा २७ जना विद्यार्थी सवार रहेकोमा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताउनु भयो । उनीहरुलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल लगिएको छ । बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






