काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित जुटेको छ । फुटपाथ विस्तार र निर्माणको काम नगर्न स्थानीयवासीहरूसँग महानगरपालिकाले सहमति गरेको हो ।
सुमनराज भण्डारीको संयोजकत्वमा समितिले दिएको प्रतिवेदनका आधारमा उक्त सहमति जुटेको हो । त्यही सहमतिका आधारमा अब न्यूरोड क्षेत्रमा तत्काल निर्माण कार्य अघि नबढाइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर तथा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबीचको वार्ताबाट यो सहमति भएको हो ।
महानगरले न्यूराेडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक घटाएर फुटपाथ विस्तार थालेपछि स्थानीयबासी आन्दोलित भएका थिए । जनप्रतिनिधिहरूले सडकबाटै काम गरेका थिए । स्थानीयबासी र वडाअध्यक्षको आन्दोलनका कारण मेयर साह काम रोकेर सहमति गर्न तयार भएका हुन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






