काठमाडौं–चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता व्यक्ति,चालक,सहचालक र बस धनीका लागि सरकारले विशेष राहतको प्याकेज ल्याउन व्यवसायीहरूले माग गरेका छन् ।
अहिलेको दुर्घटना असामान्य भएकाले यसबाट आहत सम्पूर्ण पक्षलाई राज्यले छिटोभन्दा छिटो राहतको घोषणा गर्नुपर्ने उनीहरूको भनाइ छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘दुर्घटना भएको बसका यात्रु, चालक,सहचालक र बसधनीलाई समेटिने गरेर विशेष राहतको प्याकेज ल्याउनुपर्छ ।’ दुर्घटनामा परेका चालक र सहचालक परिवारले तत्काल राहत पाउन नसक्दा उनीहरूले राज्य रहेको महसुस गर्न नसकेको उनको भनाइ छ । तत्काल राज्यले राहतको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै उनले बस दुर्घटनाको ३ दिनसम्म पनि यात्रु र बसको खोजी गर्न नसक्नु राज्यका लागि लज्जास्पद भएको उनको भनाइ छ ।
‘दुर्घटना भएको बसमा कति यात्रु थिए भन्नेसम्म पनि राज्यले भन्न सकेको छैन । उद्धारको नाममा उद्धार जस्तो मात्रै गरिएको छ । कति यात्रु थिए र तिनको नाम के–के थियो भनेरसमेतसार्वजनिक गर्न सकेको छैन,’ उनले भने, ‘यदि जहाज दुर्घटना भएको भए राज्यले सम्पूर्ण ध्यान केन्द्रित गथ्र्यौ । तर २ वटा बस दुर्घटना हुँदा पनि राज्यले गम्भीर रूपमा लिएको देखिएन ।दुर्घटनामा परेकालाई उद्धारका लागि हाल १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल,विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोर सहित ७९ जना परिचालन गरिएका छन् । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






