चितवन पहिरो अपडेट : बेपत्ता बसमा सवारमध्ये १७ यात्रुको नाम खुल्यो


  प्रकाशित मिति : २०८१ असार २८ गते, १०:३६

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोमा दुई बस खस्दा कम्तिमा ५४ जना बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ। 

विवरण संकलनको काम भईरहेका कारण यकिन तथ्यांक आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए। 

त्रिशुली नदीमा पानीको भंगालो ठूलो रहेका कारण हराइरहेका मानिसको खोजी कार्यमा गोताखोरसहितको सुरक्षाकर्मीको ठूलो संख्या परिचालन गरिए पनि अहिलेसम्म भेटिन सकेको छैन। 

पहिरोमा खसेका बसबाट अहिलेसम्म तीन जना बाँचेको र तिनको उद्दार गरी उपचार भइरहेको डीएसपी रिजालले जानकारी दिए। 

काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए। दुई जना बीच बाटोबाट चढेका थिए। बस किशोर कुमार चौधरीले चलाएको विवरण प्राप्त भएको छ।

यसैगरी प्रदेश ३–००६–ख १५१६ नम्बरको बसमा २४ जना सवार रहेको बताइएको छ। ती मध्य १७ जनाको नाम विवरण प्राप्त छ। 

buss-1720758999.jpg

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।