आजदेखि नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने


  प्रकाशित मिति : २०८१ असार २६ गते, ९:३१

काठमाडौँ- आजदेखि पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म रातिको समय बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना जारी गर्दै २६ असारबाट राति १० देखि बिहान ३ बजेसम्म नागढुंगा-मुग्लिङ सडक बन्द हुने जानकारी दिएको हो । यस सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको पूर्वी खण्डले जनाएको छ ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको पूर्वी खण्डका सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए । उनका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।