पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध


  प्रकाशित मिति : २०८१ असार २४ गते, १०:५९

पहिरो खस्दा ललितपुरको कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको हो । उनले भने पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।