मोरङ– मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार उनका छोरा भने गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।
घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






