क्रसर व्यवसायी आन्दोलनमा,माग पूरा नभए राजमार्ग ठप्प पार्ने चेतावनी


  प्रकाशित मिति : २०८१ असार १७ गते, ६:३४

असार १७ काठमाडौँ। क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । उद्योगहरुको नवीकरणको माग राखेर काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायीहरु आन्दोलित भएका हुन् । आफुहरुको माग सम्बोधनमा सरकारले गम्भीरता नदेखाएको उनीहरुको गुनासो रहेको छ । उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला,चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी,मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखेर विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।


अहिलेको समयमा उनीहरुको प्रमुख विषय भनेको कानुन अनुसार दर्ता भएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगहरु विगत १० वर्षदेखि नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको उनीहरुको गुनासो छ । आफुहरुको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।