उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएपछि उड्डयन क्षेत्र तरङ्गित


  प्रकाशित मिति : २०८१ असार १७ गते, ३:२७

काठमाडौँ- आज (सोमबार) दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले तरङ्ग ल्याएको हो । तर तारा एयरको कुनै पनि जहाज नउडेको र नहराएको कम्पनीले सूचना जारी गरी जानकारी दिएको छ ।

तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ । दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा छ ।

‘पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको छ’ भन्ने पोस्टहरू दिउँसो एकबजेदेखि सञ्जालमा देखियो । कमेन्ट र शेयर गर्नेहरू मात्र थिएनन्, त्यो पोस्ट कपि गरेर पोस्ट गर्नेहरू धेरै थिए ।

यस्तो थियो सञ्जालमा फैलिएको अफवाह

यता काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ ।

हेर्नुहोस् तारा एयरले जारी गरेको सूचना

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।