सर्लाहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर हरिवन नगरपालिका –२ बस्ने ५० वर्षीय सहदेव राउतको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएका छन् ।
आइतबार दिउँसो करिब सावा १२ बजे हरिवन नगरपालिका –१ पटौनास्थित अत्रौलीबाट पटौनातर्फ खेत जोत्न जाने क्रममा खेतको आली चढाउने क्रममा ज १ त ५७५७ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटनामा परहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्याक्टर पल्टिँदा त्यसमा च्यापेर राउतको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







