काठमाडौँ,बैतडी मेलौली नगरपालिका–३ तल्खेतमा घरको छतमा ट्रयाक्टर खस्दा दुई जना बालिका घाइते भएका छन् । सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेको प्रहरीको भनाई छ ।
घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट घरको छतमा खसेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको जनाएको छ । उक्त ट्रयाक्टर एक सय मिटर तल खसेको हो । ट्रयाक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






