काठमाडौँ–नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता बुझाउन पालिकालाई किस्ताबन्दीको सुविधा दिने भएको छ । प्राधिरणको सञ्चालक समितिबाट निर्णय भएअनुसार किस्ताबन्दीको सुविधाका लागि प्राधिकरणले सूचना निकालेर पालिकालाई ४५ दिनभित्र आवेदन दिन भनेको छ ।
प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरी बिजुली उपभोग गरेका पालिकाले थप दस्तुरसहितको बक्यौता बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । आइतबार जारी गरिएको सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।



