काठमाडौं- सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।
विभिन्न सातबुँदे माग राख्दै ट्याङ्कर चालहरू आन्दोलनमा उत्रिएका हुन् । चालकहरू आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको थियो ।
चालहरूले चालक र सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिई सरकारले तोकेबमोजिमको तलब पाउनुपर्ने माग राखेका छन् । दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धता गराइनुपर्ने, जोखिम भत्ताको व्यवस्था गरिनुपर्नेलगायतका माग उनीहरूले राखेका हुन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







