रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु


  प्रकाशित मिति : २०८२ अशोज २७ गते, १२:१३

रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।