धनकुटामा ट्रक दुर्घटनामा २ जना घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका- ९ पाँच गोलाईमा दुर्घटना भएको हो । ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







