प्रधानमन्त्री कार्कीको राष्ट्रिय सभा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताबारे चासो


  प्रकाशित मिति : २०८२ अशोज २७ गते, ११:०८

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् । उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेकी छन् । यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताबारे चासो राखेकी थिइन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।