निरन्तर वर्षापछि आएको बाढी, पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्याएको छ। इलामका ६ ठाउँमा बाढीपहिरोमा परेर १८ जनाको मृत्यु भएको छ। डम्बर बहादर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको हो। सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा घर भित्रबाट ४ वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। क्षेत्रीको घरबाट उद्धार गरेर उपचारको लागि लैजाँदै गर्दा १ जनाको बाटोमा नै मत्यु भएको छ।त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जनाको पहिरोले पुरेर मृत्यु भएको स्थानिय नारायण प्रसाद ढकाले जानकारि दिए उनका अनुसार सोहि परिवारका २ सदस्य भने पहिरो गएको समयमा घरमा नभएकाले ज्यान जानबाट जोगिएको छ । सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन्। त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। देउमाई नपा ५ धारे १ जना मृत्यु भएका छ भने देउमाई नगरपालिका ५ धुसुनेमा दुई जना जनाको मृत्यु भएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका ३ रातमाटे १ जना मृत्यु भएको छ। इलाम नगरपालिका ५ घोसगाउ ६ जना मृत्यु भएको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







