यहि भदौ महिनाको २३ र २४ गते भएको प्रदर्शनको क्रममा देशव्यापि रुपमा भएको क्षति का कारण आतायात क्षेत्रमा परेको असर लाइ कसरि समाधान गर्न सकिन्छ भनि यातायात व्यवसाहि, यातायात मज्दुर प्रहरि, विभिन्न सरोकार वाला निकाय लगायतका प्रतिनिधिको उपस्थितिमा यातायात व्यवस्था विभागमा छलफल भएको थियो । छलफलमा नेपाल यातायात व्यवसाहि राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वार महासंकै बरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोज, नेपाल ट्रक व्यवसाहि राष्ट्रिय महासंघका महासचिव राजेन्द्र विक्रम बानिया, नेपाल यातायात मज्दुर संगठनका अध्यक्ष धर्म भण्डारी,लगायतका विभिन्न यातायात संघ संगठनका व्यक्ति हरु, अमित शाह सुचना अधिकारि सडक विभागका ,ट्राफिक प्रहरि एसएस पि बसन्त रजौरिया, यातायात व्यवस्था विभागका र्निदेशक राजिव पोख्रेल लगायतका विभिन्न यातायात संग सम्बन्धित व्यक्ति हरुको उपस्थिति रहेको थियो


छलफलका र्निणय हरु यस्ता छन्
१।अनलाइन टिकट अनिवार्य नगर्ने
२।विपी राजमार्ग र नारायणगड बुटवल सडक खण्डमा स्टेन्ड बाइ हेभि इक्युप्मेन्ट राख्ने
३।कारवाइका लागि लिइएको सवारि साधनका पत्रहरु प्रहरि कार्यालय जल्दा नस्ट भएकाले त्यस्ता सवारि साधनका कागज पत्र सहज किसिमले प्रतिलिपि वा सहज हुनेगरि चिट उपलव्द गराउने
४।प्रहरिले विगत वर्षमा भन्दा बढि शान्ति सुरक्षा उपलव्द गराउने,सुरक्षाको कमजोरि हुन नदिने
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







