दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु


  प्रकाशित मिति : २०८२ भदौ २९ गते, १:४०

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु भएको हो । मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिसहित सहभागी छन् । छलफलका क्रममा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन, अग्रिम टिकट बुकिङ लगायतका विषयमा छलफल हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोजले यातायात टेलीभिजनलाइ जानकारी दिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।