जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रै भएको हो कि भन्ने लागेको छ:प्रधानमन्त्री सुशीला कार्की

व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद


  प्रकाशित मिति : २०८२ भदौ २९ गते, १२:२४

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् । उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् । उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।