चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए


  प्रकाशित मिति : २०८२ भदौ २९ गते, ११:४६

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो । २३ भदौमा जेनजीको आन्दोलन भएको थियो ।अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।