आन्दोलनले सृजना गर्यो अको कुरुक्षेत्र, आम मानिसको मनमा प्रश्नै पस्न ।।


  प्रकाशित मिति : २०८२ भदौ २७ गते, ४:१९

अत्री रुजु,काठमाडौ,गत सोमबार र मंगलबार सत्ता नै उलटफेर गर्नेगरी जेनजीका नाममा चर्किएको प्रदर्शनका कारण कारण अहिले देशनै पुरै शोकमा डुबेको छ । देशको स्थिति भयाभह छ । सम्पुर्ण जनमानसमा अव के हुन्छ भन्ने प्रश्न छ । हुनपनि न होस कसरि यसरि २ दिनमा देशको अवस्था कुरुक्षेत्रमा बदलिन्छ भनेर कल्पना कस्ले गरेको थियो र ? देशको अस्मिता माथिनै आघात पुग्ने गरि दन दनि आगो बलेको,युवाको लास बिछिएको,सरकार ढलेको र हामि निस्कर्श बिहिन भएको पनि त यो एकैपटक र पहिलो पटक हो । के देखेन यो पुस्ताले भुकम्पको त्यो कहालि लाग्दो दृष्य होस या भनौ २०१९ को कोभिडको माहमारि अवत यो भन्दा खराब र भयाभह हुने कुनै अवस्था न आउला भनेर आरामको सास समेत फेर्न न पाइ फेरि अको अकल्पनिय दृष्य । सरकारमा रहेका शक्तिसाली भनिने र मान्दै आएका दलको पनि हावा टाइट हुने गरि अन्दोलनले विकराल रुप लिएपछि दलका नेताको घर होस या दलका नेता लगायतका पतिनिधि आएर छलफल गने ठाँउ सांसद भवन आखिरिमा सबै एकै झट्कामा खरानि भए । 

राज्यको व्यवस्था लाइ लीएर युवा हरुले यो पटक आवाज मात्र उठाएनन् प्रदर्शन समेत गरे । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पुर्‍याएका थिए ।कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३६ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ७६० जना घाइते उपचाररत छन् । जसमध्ये ३२२ जना अस्पतालमा उपचाररत छन् । हालसम्म १ हजार ३३० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए । तर यीघाइतेको भने कसैलाइ वास्ता नभएको देखिन्छ के जेन्जिको बलिदान निस्कर्ष विहिन र वास्ता रहित हो त यस्को जिम्मा कस्ले लिने सबैको ध्यान के नया सरकारको संरचना मा मात्रै तानीनु कति सम्म ठिक हो ?

पंचतत्वले बनेको सरिर हाम्रो यहि कयौँ सरिको बलिदानको आक्रोस पोख्न पंच तत्व मध्य एक अग्निको प्रयोग गरि प्रतिसोधको मार्ग र्नीधारण गरियो । यसले हाम्रा सार्वजनिक सम्पति सडक विभाग,यातायात व्यवस्था विभाग,सिंह दरबार, न्यायको बाटो र्निदेश गर्ने अदालत लगायतका सम्पिति मनि आखा झीमिक्क गर्न नपाइ एक पलमा खरानि भए । 

एउटा व्यवसाय खडा गर्न कतिविधि मिहिनेत, लगन, आँट, लगानी, निरन्तरता र धैर्य चाहिन्छ भन्ने थाहा पाउन भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोर हेरे पुग्छ । एउटा सटरबाट सुरु भएको भाटभटेनी सुपर स्टोरलाई ४१ वर्षमा गुरुङले देशव्यापी बनाउन र रोजगारी सिर्जना गर्न कति मिहिनेत गरेका थिए होलान तर उनको मीहीनेत खरानि भएर गयो आगोको ज्वाला भित्र हरायो । जले भाटभनेनि हरु ।

हिजो विहान यानकि आन्दोलनको तेस्रो दिन एक विज्ञप्ति जारि गर्दै पुर्व प्रधानमन्त्रि केपी सर्मा ओलीले मैले उ बेला योगदान गरेका कारण आज युवाले आफ्नो आवाज बुलन्द पार्न सक्ने भएको र युवालाइ आफ्ुले आफ्ना सन्तान सरह मानेको भन्ने तगायतका कुरा उल्लेख गरेका थिए । के आफ्नै बा ले आफ्ना सन्तान मारेको कति सम्म न्यायिक हुन्छ त ? बा ले त सन्तानको आवस्यकता नबोलि बुझेर पुरा गर्दिन पर्ने हो यहा त घोक्रो सुकीन्जेल कराउदा पनि नसुन्ने बा अनि आगनमा पुगेर लौन बा सुनिदेउ भन्दा सन्तानको आवाजनै बन्द गराउन लाइ गला निमोठ्ने बा भएपछि कस्को के लाग्छ र 

आन्दोलन पछाडि सडकको अवस्था भने नाजुक देखिएको छ । न कसैलाइ ट्राफिक नियमको मतलब त न कसैलाइ सार्वजनिक ठाँउमा या गाडि गुड्ने सडक किनारा पार्किङ् गर्न हुन्न भन्ने ज्ञान । आम जनमानसमा ज्यानको सुरक्षा लाइ लिएर फैलिएको त्रास छुट्टै छ । न ट्राफिक सडकमा छन त न प्रहरि प्रहरि कार्यालयमा । हुन पनि कसरि कार्यालय बाँकिनै कँहा छ र सबै एकै पटक अरानि जो भए । यो अवस्थामा पुन जन धनको क्षति भए जिम्मेवार को ? के अव नवर्निमित सरकारले यी सबैको जिम्मा लिन्छ त ?

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले भनेको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ ।’सेनाले अगाडि थपेको छ, ‘तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणाहरूमा नेपाली सेना आग्रह गर्दछ ।’ विहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको सक्रियताबारे अनेकौं हल्लाहरू फैलिएका थिए । त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।