तीव्र गतिका बलर सोमपाल कामीले ५ विकेट लिएसँगै नेपालले टप इन्ड टी(२० सिरिजमा लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई फराकिलो रनले पराजित गरेको हो। योसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ। नेपालले यसअघि हाबार्ट हेरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो। नेपालले दिएको १४० रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो। मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए। २२ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। जय लेमिरे १८ र ह्यारी डिक्सन १६ रनमा आउट भए। नेपालका सोमपालले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। कुशल भुर्तेलले २ तथा शहाब आलम र रुपेश सिंहको नाममा समान १र१ विकेट रह्यो।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।