नयाँ एसयूभी दिपल एस ०५ नेपालमा सार्वजनिक भएको छ। विलासी ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिपल एस ०५ सार्वजनिक गरेको हो। जसको मूल्य नेपालमा ४८ लाख ९९ हजार तोकिएको छ।विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने एमएडब्लु वृद्धिले दाबी गरेको छ। एस ०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभास दिलाउनेछ’, कम्पनीले भनेको छ, ‘यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोडसहितको क्विन को–पाइलट छ। यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ।



नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किंग छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स ९एसाड २.०० छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिंग कन्फिडेन्सलाई बढाउनेछ। साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिंगको अनुभव दिलाउँछ। त्यसैगरी नयाँ एस०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २ प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ। साथै यसमा सुरपेरियर कोल्ड वेदर पर्फर्मेन्स पनि प्रदान गर्छ जसले नेपालको सबै भौगोलिक र जलवायुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ। नयाँ दिपल एस०५ ले नेपालको इभी बजारमा दिपल एस०७ ले कायम गरेको दबदबालाई अझै बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







