इलामको केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध


  प्रकाशित मिति : २०८२ साउन २८ गते, १२:१२

इलामको केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवासायीहरु बाध्य भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने क्रम जारी छ । यसैबीच, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।