उत्तरकाशीमा गत साउन २० मा आएको बाढीपहिरोमा परेर बेपत्ता भएका २६ नेपालीको सूची सार्वजनिक


  प्रकाशित मिति : २०८२ साउन २७ गते, ४:२८

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डको उत्तरकाशीमा गत साउन २० आएको बाढीपहिरोमा परेर बेपत्ता भएका २६ नेपालीको सूची सार्वजनिक गरेको छ।दूतावासले गढवाल जिल्लामा पर्ने उत्तरकाशीमा गत साउन २० र २१ म आएको भेलबाढीमा परेर  हराइरहेकाको सूची सार्वजनिक गरेको हो। दूतावासको सूचीमा उल्लेख भएअनुसार बाढीमा बेपत्ता हुने नेपाली नागरिकमा २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगनबहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, ४५ वर्षीय जनकबहादुर शाही छन्। यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ। निर्मला खड्का,  ६० वर्षीय  लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया  प्रिया पनि बेपत्ताको सूचीमा छन्। यसैगरी सुरज राना, निमबहादुर, सन्ध्या खड्का पनि बाढीमा परेर बेपत्ता भएका छन्।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।