बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु


  प्रकाशित मिति : २०८२ साउन १३ गते, ११:५५

चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ। शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न र राहत तथा उद्धारमा जुट्न निर्देशन दिएका छन्। जुलाई महिनामा बेइजिङमा प्रायजसो बढी वर्षा हुने गर्छ। सन् २०१२ को जुलाईमा बेइजिङमा एकै दिनमा १९० मिमी वर्षा भएको थियो। यस बाढीमा ७९ जनाको मृत्यु भयो।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।