गोरखा दरौँदी यातायात र रेडन एडुकेशन बीच चार जनालाई न्युनतम शुल्कमा पढाउने सहमति


  प्रकाशित मिति : २०८२ साउन २ गते, १२:११

गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लि. र रेडन एडुकेशन फाउन्डेसन प्रा.लि.बीच यातायात व्यवसायीको सिफारिसमा ४ जनालाई न्युनतम शुल्कमा पढाउने सहमति भएको छ । यातायात सेवा प्रा.लि र फाउण्डेसन बीच मंगलबार सहमति भएको गोरखा दरौँदी यातायात सेवा प्रा.लिका अध्यक्ष दीपक वोहोराले जानकारी दिए । सम्झौता अनुसार अब रेजन एडुकेशन फाउन्डेसनले दरौँदी यातायात अन्तर्गत सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूमा आफ्नो नाम र व्यानर राखी प्रचार–प्रसार गर्न पाउने भएको छ। त्यस्तै रेजन एडुकेशन फाउन्डेसनले दरौँदी यातायात कम्पनीमार्फत प्रत्येक बर्ष ११ र १२ मा पढ्ने ४ जना विद्यार्थीलाई न्युनतम शुल्क (प्रयोगशाला शुल्क र परीक्षा शुल्क) मा पढाउनुपर्ने सहमति भएको उनको भनाइ छ । यो सहमति २०८२ साल साउन १ गतेदेखि लागू भई दुई वर्षका लागि कायम रहनेछ । सहमति पत्रमा गोरखा दरौँदी यातायात सेवा कम्पनीका तर्फबाट अध्यक्ष दीपक वोहोरा र रेजन एडुकेशन फाउन्डेसन प्रा.लि.का प्रतिनिधिको तर्फबाट सरोजबाबु कैनीले हस्ताक्षर गरेका हुन ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।