न्यूनतम पारिश्रमिक तोकिएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा बिरोध


  प्रकाशित मिति : २०८२ साउन २ गते, ११:५५

नेकपा माओवादी केन्द्र निकट श्रमिकहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकहरुको जीवन धान्न नै कठिन हुने किसिमले न्यूनतम पारिश्रमिक तोकिएको भन्दै विरोध जनाएको छ । सरकारले १ साउनदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । मजदुर संघ–संगठनका प्रतिनिधिहरुसँग समेत छलफल गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साविकको १७ हजार ३०० रुपैयाँ न्यूनतम पारिश्रमिकमा २ हजार २५० रुपैयाँ थप गरी १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको थियो ।

तर यो न्यूनतम पारिश्रमिक थोरै भएको माओवादी केन्द्र निकट मजदुर संगठनको धारणा छ । ‘सरकारको यो निर्णयले जीवन उपयोगी पारिश्रमिक निर्धारणको आशामा बसेका लाखौं श्रमिकहरुको पेटमा छुरा प्रहार’ भएको माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले जनाएको छ । महासंघका अध्यक्ष जगत बहादुर सिंखडाले आज विज्ञप्ति जारी गर्दै ‘बिचौलियाहरुको सहमतिमा’ श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण भएको र त्यसले श्रमिकहरुको आकांक्षा र आवश्यकताको हत्या गरेको आरोप लगाएका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।