गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ। आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ। प्रहरिका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो। यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन्। बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ। कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत प्रहरिले अनुरोध गरेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







