माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


  प्रकाशित मिति : २०८२ असार २५ गते, १२:२०

ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ स्थित टोखा नगरपालिका-६ ग्राण्डीस्थित सडक खण्डमा स्कुटर र इभी माइक्रो ठोक्किँदा सर्लाही हरिवन नगरपालिका-१ का स्कुटर चालक सोनाम योन्जनको मृत्यु भएको हो ।घाइते भएका उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । मंगलरबार दिउँसो सवा ३ बजे बा।प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२-०४४ प ६४०५ नं को स्कुटर आपसमा ठोक्किँदा उक्त हताहत भएको प्रहरीले बताएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।