काठमाडौंबाट हेटौँडा पुग्ने सडकको अवस्था दयनिय


  प्रकाशित मिति : २०८२ असार १२ गते, ११:२१

काठमाडौंबाट हेटौँडा पुग्ने सडकको अवस्था दयनिय रहेको छ । फर्पिङ–हुमाने खण्डमा ठाउँठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम भने जारी छ । हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ । फाखेलदेखि तलतिर पिचको तयारी भइरहेको छ । महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले बाटो एकदमै हिलो भएको छ । त्यहाँबाट अलि पर पुग्दा कतै ढलान त कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको देखिन्छ । कुलेखानीदेखि हेटौँडासम्म बाटो सहज भएतापनि फर्पिङ–हुमाने खण्डमा भने ठाउँ ठाउँमा सडक बिग्रिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।