समसामयिक राजनीतिक विषयमा दिउँसो २ बजे मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक


  प्रकाशित मिति : २०८२ असार ५ गते, ११:४०

समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीका स्वकीय सचिवालय सदस्य दीपेन्द्र दाहालका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो २ बजे छलफल हुन लागेको हो । उहाँका अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।