पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्रे


  प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते, ११:१७

पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्रे भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्रे थालिएको हो । सङ्घीय सरकारद्वारा विनियोजित एक करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक कालोपत्रेसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्ष नै सम्पन्न भएकोमा यस वर्षको बजेटले कालोपत्रे मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ । स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियरका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रेको सम्पूर्ण काम पूरा हुनेछ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।