निजामती कर्मचारीहरुद्वारा आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू (हेर्नुहोस फोटो)


  प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते, २:३७

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्।

सिंहदरबार देखि दुर्गम गोर्खाको चुमनुब्री लगायत सम्पुर्ण सङ ,प्रदेश र स्थानीय निकायमा कर्मचारीहरुले आज कार्यलयमै कालो पट्टि बाँधेरै काम गरेका छन् ।

यस आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ ले गरिरहेको छ। उक्त समितिमा एमाले निकट नेपाल कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च सहभागी छन्।

जेठ २० गते अम्बादत्त भट्टको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संघीय निजामती सेवा ऐनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि अर्को निर्णय नभएसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरिएरेका छन्।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।