सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
उक्त रकम उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालयमार्फत विनियोजन गरिएको हो । प्रकाशमान गणेशमानका छोरा हुन् । भवन निर्माणार्थ सहरी विकास मन्त्रालयबाट आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत तीन करोड विनियोजन भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले सार्वजनिक गरेका हुन् । भवन निर्माणका लागि बजेट विनियोजनको पहल गरेकोमा गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिँदै फेसबुकमा पत्रसहित सार्वजनिक गरेका थिए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







