मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर, दुई जनाको मृत्यु


  प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते, १२:२१

रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा ठक्कर हुँदा दुर्घटना भइ सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी, सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।