जेठ १३,नवलपरासी पूर्वको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु ९ प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका ७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मध्यविन्दु ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई चोरमारामा काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







