पैदलयात्रीलाई ठक्कर दिँदा  स्कुटर चालकको मृत्यु 


  प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते, ५:११

काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ ।एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी घर भई चाबहिल बस्ने १८ वर्षीया मनिसा परियार छिन् ।

उनी स्कुटर चालक रहेको प्रहरीले बताएको छ । उनले चलाएको स्कुटरले गए राति एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि स्कुटर समेत अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालक दुबैलाई उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल पठाइएको थियो । पैदलयात्रीको अहिले पनि उपचार जारी छ भने स्कुटर चालकको मृत्यु भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।