नारायणगढ–मुग्लिन सडक:दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते


  प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते, १:२३

जेठ ८,चितवनको नारायणगढ जेष्ठ ८ –मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ गाइघाटमा बिहीबार बिहान दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

बिहान ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा दुबै ट्रकका अगाडिका भागमा ठूलो क्षति पुगेको छ। चालकहरू च्यापिएको अवस्थामा उद्धार गरी चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइते यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।