जेठ १,रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दिनेश र मोटरसाइकलमा सवार पिङ्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







