जेठ १, प्रतिनिधि सभा बैठककोे बिषेश समयमा बोल्दै प्रधानमन्त्रिले आफुले सोधेको प्रश्नको जवाफमा कुरा घुमाएर उत्तर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
सांसद बिना लामा ले भनिन् “पटपटक ध्यानार्कशण गराए एउटा झिनो आशा थियो सम्माननिय प्रधानमन्त्रि ज्युले त पक्कैपनि जवाफ राम्रो दिनुहुन्छहोला भनेर । रुवि,क्रिस्टल र काइनाइटको संरक्षण,प्रशोधन र उत्खन्नन्को विषयमा निति नियमहरु बनाउनुहुन्छ कि हुन्न भनेर ? तर प्रधानमन्त्रि ज्यू ले मलाइ त जवाफफै उल्टो दिनुभयो भनिन्छ नि म गर्छु आग्राको कुरा प्रधानमन्त्रि ज्यूको जवाफ गाग्राको । मैले भने त्यो नितिर नियमको विषयमा,उहाले भन्नुभयो सडक पुर्याएको छ त ! सडक पुर्याइएको थ्यो सभामुख महोदय जब म त्यहाको जन र्निवाचित उपाध्यक्ष हुदा खेरि ४ दिन बसोबास गरेर रुवि भ्यालि पुग्दाको अवस्था के थियो ? म उपाध्यक्ष हँदा नै बल्ल तल्ल सडक ट्र¥याक खुलेको त थियो ।”
“त्यसै गरेर झिलिमिलि बिजुलि बत्ति पुर्याएको छ त ! भनेर बत्तिको कुरा गर्नुभयो त्यो बत्तित राजाको पालामा म जन्मेको पनी थीइन त्यतिखेर लघु जलबिद्युत आयोजनाले बालेको हो सभामुख महोदय प्रधानमन्त्रि ज्यू भएर पनि यस्तो गैर जिम्मेवार जाफ दिन मिल्छ त ।” लामा ले भनिन्
“अव धादिङको जनतालाइ न्याय माग्न म को समक्ष जाउ कस्लाइ ध्यानाकर्शण गराउँ ? मलाइ जँहा सम्म लाग्छ उहालाइ झिलिमिलि त्यहाको विकाश भएको छ भन्ने लाग्छ तर उहाले जन्ताले छाएको रातो निलो सेतो र हरियो जस्ता चाँहि उहा हेलिकप्टर बाट तल आउँदा सुर्यको किरण परेका कारण उहाको आखा टल्केर त्यहाको बिकास झिलिमिलि देख्नुभयो होला” उनले भनिन् । त्यहा जन्ता कस्तो अवस्थामा छन् भिर बाट लड्दा पनि हेलिकप्टर ल्याउनुपर्ने अवस्था छ ।
सभामा सांसद लामाले आक्रोस पोख्दै भनिन् यदि सरकार छ भने सरकारले सुनोस । बाटो पर्याएको तर सबै ठाँउमा बाटो नपुगेको उनको गुनासो छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







