जेठ १,नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले उक्त रकम खर्च भएको देखाएको हो । यो वर्षसम्म ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५ सय ५३ बिघा जग्गाको मुआब्जा समेत गरी हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ ।
नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत खर्ब अर्ब रुपैयाँ पुगिसकेको प्रतिवेदनमा उल्लेख छ । झापा काँकडभिट्टादेखि कञ्चनपुर गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिंकमार्गहरू समेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग बनाउन सरकारले २०६५/६६ मा आयोजनाको सुरुवात गरेको थियो ।
यो आयोजनाको सुरु लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेकोमा संशोधित लागत अनुमान १५ खर्ब रुपैयाँ पुगेको छ । आयोजना २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







