बैशाख ३०,काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किने फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।
बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ रहेको छ । काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक हुनुका साथै सानातिना एकाइमा यसको प्रयोगलाई अहिले परीक्षण मा ल्याइएको वातावरण व्यवस्थापन विभागले जानाएको छ ।३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।
शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ र त्यसपछि एनएरोविक विधिबाट प्रशोधन सुरु हुन्छ । वरिष्ठ इन्जिनियरल निशा कोइरालाले भन्नुभयो तेस्रो चरणमा एरोविकबाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’विभागका अर्का इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् ।
नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने छ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको महानगरको भनाई छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







