बैशाख ३०,भारत पाकिस्तानबिच युद्धविरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको छ । भारतको निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, मे १३ मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ ।
इन्डिगोले पनि मंगलबार जम्मु, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ । एड्भाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







