बैशाख ३०,हिजो देखि अबरुद्ध भएको बिपि राजमार्ग सडक खण्ड लगभग १६ घन्टापछि खुलेको छ ।
अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।
‘बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ गिरीले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो एक सवारी चालकले यातायात टेलिभिजनलाइ जानकारि दिए ।
उनले भने “अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्यइएको छ । बिहान काठमाडौं बाट पुर्वका लागि हिडेको गाडि भखैरै मात्र बाटो खुलेका कारण भकुण्डेबेसी बाट पुर्वतिर लाग्दै छौं”
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







