बैशाख ३०,राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका उपसभापति एवम प्रतिनिधि सभाका सांसद डि.पि.अर्यालले बर्खायाम सुरु हुन लागे संगै बाढी पहिरोले नागरीकहरुलाई दुख दिन थालेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अर्यालले यस्तो बताउनुभएको हो । बर्खायाम सुरु भएसंगै नवलपुरमा पुल भाचिदा पूर्व पश्चिम राजमार्ग अबरुद्द देखि बिपि राजमार्ग बाढीले अबरुद्द भएको खबर आएको उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री र मन्त्रिहरु हवाइजहाजमा सवार हुने भएको हुदाँ सडकको अवस्था थाहाँ नहुने उहाँले बताउनुभयो ।
नागढुङ्गा देखि मुग्लिन सम्मको सडकको पुन निर्माण कछुवा गतिमा भएको बतउनुभयो । यस्तै यस पटकको बर्खायाममा नागरिकले धेरै दुख कष्ट भोग्नु पर्नै मात्रै नभएर साना देखि ठूला सम्म दुर्घठना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ठेकेदार र निर्माण कम्पनिसंग छलफल गरी तीन सिफ्टमा काम गराएर भएपनि बर्खा अगावै सडक पुन निर्माणको काम सकाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







